पथरी / बुद्धचोकस्थित सिड्लिङ मन्टेस्वरी स्कुल ले आफ्नो १०औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह बुधबार हरियाली सामुदायिक वन मा भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र प्रस्तुति कौशल झल्किने विविध शैक्षिक तथा सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएका थिए।

प्रमुख अतिथिका रूपमा उपस्थित मोहनप्रसाद तुम्बापो ले मन्टेस्वरी पद्धतिमार्फत छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयले अभिभावकहरूको भरोसा जितेको उल्लेख गर्नुभयो। उहाँले यहाँबाट अक्षरारम्भ गरेका बालबालिकाले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता देखाएको बताउँदै दीक्षित विद्यार्थीहरूलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आकर्षक नृत्य, गीत, अभिनय र शैक्षिक प्रस्तुति दिँदा अभिभावक र अतिथिहरू मन्त्रमुग्ध बनेका थिए। समारोहकै अवसरमा विद्यालयले स्थापना कालदेखि निरन्तर योगदान पुर्याउँदै आएका कर्मचारी माया पौडेल र रिना राई तथा शिक्षिका सविता राईलाई दोसल्ला, प्रशंसापत्र र नगद रु. ५ हजारसहित सम्मान गरिएको थियो।
कार्यक्रममा वडा नं. २ की वडाध्यक्ष नैना राई, वडा सदस्य चन्द्रकुमार राई, एप्पल मन्टेस्वरी स्कुल की प्रिन्सिपल चन्द्रकला घिमिरे, स्वस्तिक इन्टरनेसनल मन्टेस्वरी ट्रेनिङ सेन्टर की प्रशिक्षक लक्ष्मी ढुङ्गाना लगायत अतिथि तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयकी प्रिन्सिपल तथा अध्यक्ष बिन्दु चेम्जोङ राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विवेक न्यौपाने, सुम्निमा राई र साना विद्यार्थीहरूले संयुक्त रूपमा गरेका थिए।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।