लोड हुँदैछ...

मेनु

दशगज्जा क्षेत्रबाट ३० किलो बढी गाँजासहित टाटा सफारी बरामद

दशगज्जा क्षेत्रबाट ३० किलो बढी गाँजासहित टाटा सफारी बरामद

सञ्जय मिश्रा
रौतहट / बारा जिल्ला सँग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र सीमा बल ९क्क्द्य० र प्रहरीले संयुक्त रूपमा गरेको जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बोकेको टाटा सफारी गाडी बरामद भएको छ।

सोमबार साँझ करिब ५ बजे भारतीय क्षेत्र स्थित बिओपी झरोखर चेकपोस्टमा नियमित रूपमा सवारीसाधन जाँच भइरहेको बेला भारततर्फको नो म्यान्स ल्याण्ड क्षेत्रमा केही सवारीसाधन लाइनमा थिए। यसै क्रममा एउटा टाटा सफारी गाडीका चालक अचानक गाडी छाडेर फरार भएका थिए।

शंकास्पद अवस्था देखिएपछि चेकपोस्टमा खटिएको सुरक्षाकर्मी टोली र नजिकै रहेको झरोखर प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर गाडीको सूक्ष्म जाँच गरेको थियो। जाँचका क्रममा गाडीभित्र लुकाइ राखिएको करिब साढे ३० किलोग्राम गाँजा बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोथिका सहायक कमान्डेन्ट बिश्वाजित तिवारीले बताएका छन्।बरामद गरिएको विआर ०५ पी ७३१८ नम्बरको  टाटा सफारी गाडीबाट सवारी दर्ता प्रमाणपत्र समेत फेला परेको जनाइएको छ। 

उक्त गाँजा झरोखर गाउँ नजिक  भारततर्फको नो म्यान्स ल्याण्ड क्षेत्रमा, सीमा स्तम्भ नम्बर ३५७र०३ नजिकबाट बरामद गरिएको एसएसबि प्रवक्ता बिनित कुमार सिंहले बताएका छन्। एसएसबि र प्रहरीले संयुक्त रूपमा गाडी तथा गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको झरोखर प्रहरीले जनाएको छ। उक्त गाँजा मकवानपुरबाट बारा जिल्लाको बाटो हुँदै भित्र्याएको भारतीय सुरक्षाकर्मीले अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।