लोड हुँदैछ...

मेनु

एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ उकालो, सुनको भाउ ३ लाख ११ हजार नाघ्यो

एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ उकालो, सुनको भाउ ३ लाख ११ हजार नाघ्यो

काठमाडौं / नेपाली बजारमा आइतबार सुनको मूल्यमा असाधारण वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २० हजार ५०० रुपैयाँ बढेसँगै सुनको भाउ ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ३ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको थियो।

चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ३४५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ३०५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च रहँदा त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विश्व बजारमा बढ्दो मूल्यको प्रत्यक्ष असर घरेलु बजारमा परेसँगै सुनले नयाँ उचाइ कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।