लोड हुँदैछ...

मेनु

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने बिपक्षी दलहरूको निर्णय

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने बिपक्षी दलहरूको निर्णय

काठमाडौं / प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले हिजो दिएको ‘बिबादस्पद अभिब्यक्ति’ का बारेमा संसद्मा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन्।

नेपाली कांग्रेस संसदीय दल, सिंहदरवारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले ‘नेपालले पनि भारतीय भुमी मिचेको रहेछ’ भन्ने अभिब्यक्तिको बिषयमा माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका हुन्

भर्खरै सम्पन्न विपक्षी दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले संसदको रेकर्डबाट हटाउने माग गर्नेसमेत निर्णय भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

प्रधानमन्त्री शाहले हिजो दिएको बिबादस्पद अभिब्यक्तिका कारण अहिले देशैभरी उनको बिरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।