लोड हुँदैछ...

मेनु

सहिद रत्नकुमार बान्तवा चेसको उपाधि आशिष फुयाँललाई

सहिद रत्नकुमार बान्तवा चेसको उपाधि आशिष फुयाँललाई

पथरी / मोरङको पथरी शनिश्चरेमा सम्पन्न ‘शहिद रत्नकुमार बान्तवा राष्ट्रव्यापी खुल्ला फिडे रेटेड ¥यापिड चेस टुर्नामेन्ट–२०८३’ को उपाधि दोलखाका आशिष फुयाँलले जित्नुभएको छ।
दुई दिनसम्म चलेको प्रतियोगितामा फुयाँलले ८ अंक जोड्दै प्रथम स्थान हासिल गर्नुभयो। झापाका सुश्रुत दाहाल दोस्रो तथा पाँचथरका रिसोन थापा तेस्रो हुनुभयो।


देशका विभिन्न जिल्लाबाट १५६ जना रेटेड, ननरेटेड तथा उदीयमान खेलाडी सहभागी भएको प्रतियोगितामा सुनसरीका मुहन नरसिंह श्रेष्ठ चौथो र दमकका प्रकाशचन्द्र नेपाल पाँचौँ स्थानमा रहनुभयो।

प्रतियोगितामा पथरी शनिश्चरेका लोकसागर साम्बा प्रदेशतर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो भने काठमाडौंका विश्व विजय घिमिरे अपाङ्गता भएका खेलाडीमध्ये उत्कृष्ट बन्नुभयो। महिला विधामा बिर्तामोडकी प्रिया क्षेत्री प्रथम र ताप्लेजुङकी सुशीला गुरुङ द्वितीय हुनुभयो।

फ्रेण्डशिप चेस क्लब पथरी शनिश्चरेको आयोजनामा सम्पन्न प्रतियोगिताले चेस खेलको विकास, खेलाडीबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा फिडे रेटिङ प्राप्त गर्ने अवसर विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको क्लबका अध्यक्ष धनराज राई अमिरले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।