लोड हुँदैछ...

मेनु

हिरक आधारभुतमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

हिरक आधारभुतमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

पथरी / पथरी शनिश्चरे नगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार वडा नं १० स्थित हिरक आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा समाज सुधार समिति र सपोर्ट रिहाविटेसन सेन्टरले समन्वय गरेका थिए । विद्यालयकी प्रधानाध्यापक तथा कार्यक्रम संयोजक कविता तिम्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रम पथरी जेसीजका अध्यक्ष सुमन कुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । पथरी जेसीजको आयोजनामा भएको सो कार्यक्रममा प्रिमियस भुटिया प्रमुख वक्ताको रुपमा रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाले समाजबाट लागुऔषध दुव्र्यसन अन्त्य गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन सचेतना अभियानलाई निरन्तरता दिने बताउनुभयो । यसैगरी इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी विरदत्त पन्तले लागुऔषधको प्रयोग कसरी सुरु हुन्छ र यसले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक असरबारे जानकारी गराउँदै यसको नियन्त्रण तथा निर्मूलका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका क्रममा जेसी विवेक न्यौपानेले लागुऔषध नियन्त्रणमा अभिभावकको भूमिका विषयमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।