लोड हुँदैछ...

मेनु

बोस्नियासँग बराबर खेल्दै पहिलो पटक क्यानडाले जोडयो अंक

बोस्नियासँग बराबर खेल्दै पहिलो पटक क्यानडाले जोडयो अंक

काठमाडौं / क्यानडाले फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरी खेलेको छ। टोरोन्टो स्टेडियममा शुक्रबारको खेलमा क्यानडाले बराबरी खेल खेलेको हो ।

उदघाटन खेलको खेलको २१औँ मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । जसअनुसार पहिलो हाफमा १–० ले पछि परेको विश्वकप सह आयोजक मुलुक क्यानडाले दोस्रो हाफमा भने लगातार दबाब बढाएको थियो ।

एक गोलले पछि परेको र गोल हान्न नसकेको अवस्थामा क्यानडाका प्रशिक्षक जेसी मार्शले दोस्रो हाफमा साइल लारिनलाई मैदानमा उतारे। ७६औँ मिनेटमा मैदान प्रवेश गरेका लारिनले २ मिनेटमा नै गोल गर्दै खेल १–१ को बराबरीमा ल्याउन सफल भए ।

बराबरीसँगै क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक अंक जोड्न सफल भएको छ। साथै, विश्वकपको अन्तिम चरणमा लगातार ६ खेलको हारको श्रृंखला पनि अन्त्य गरेको छ।  समूह ‘बी’ मा क्यानडा र बोस्निया एन्ड हर्जगोभिना दुवैले पहिलो खेलपछि एक–एक अंक जोडेका छन्।

यस समूहमा स्विट्जरल्यान्ड र कतार पनि छन्। खेलको उत्कृष्ट खेलाडी क्यानडाका इस्माइल कोने घोषित भए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।