लण्डन / बेलायतले १६ वर्ष मुनिका बालबालिकालाई विभिन्न सामाजिक सञ्जाल एपहरू प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले सोमबार सो बारे जानकारी दिदैँ भनेका छन ।

स्टारमरले एक पत्रकार सम्मेलनमा भने कि यदि प्रविधि कम्पनीहरूले बालबालिकालाई हानिकारक सामग्री र अत्यधिक स्क्रिन समयबाट जोगाउने उद्देश्यले य यो कदम चालिएको हो । यसमा सामाजिक सञ्जाल कम्पनीहरूले अटेर गरेमा बेलायतले कारबाही गर्नेसमेत पनि जनाएका छन् । उनले सो क्रममा भने कि ‘हाम्रा बालबालिकाको सुरक्षा र खुशीमा कुनै खाले सम्झौता गर्न तयार छैनौं ।’
यो कदमले बेलायतलाई बालबालिकाको लागि अनलाइन सुरक्षा कडा बनाउन बढ्दो विश्वव्यापी आन्दोलनको हिस्सा बनाएको छ । अष्ट्रेलिया, क्यानडा, ब्राजिल र इन्डोनेसियाले बालबालिकाको सामाजिक सञ्जालमा पहुँचको लागि कानून बनाइसकेका छन् । उमेर आधारित प्रतिबन्ध वा आवश्यकताहरू घोषणा गरेका छन्। फ्रान्स, स्पेन, डेनमार्क, थाइल्याण्ड र दक्षिण कोरियाले समान दृष्टिकोणहरू अध्ययन गरिरहेका छन, त्यसका लागि पनि काम गरिरहेको छ ।
स्टारमरले भने कि बेलायतमा बन्ने कानुन अष्ट्रेलियाको १६ वर्ष मुनिका प्रतिबन्ध भन्दा सम्भवतः अलि अगाडी आउने छ । तर, स्टारमरले तुरुन्तै कुन एपहरू समेटिने छन् भनेर चाँही खुलाएनन ।द सन्डे टाइम्सले यो टिकटक, इन्स्टाग्राम, फेसबुक, एक्स, युट्युब, स्न्यापच्याट, थ्रेड्स, ट्विच, किक र रेडिटमा लागू हुने बताएको छ ।
स्टारमरले भने यो पनि सरकारले अपरिचित व्यक्तिलाई गेमिङ र लाइभ स्ट्रिमिङ प्लेटफर्महरूमा बालबालिकासँग सम्पर्क गर्नबाट रोक्न पनि कारबाही गर्नेछ। उनका अनुसार यो प्रतिबन्ध अर्को वर्षवाट लागू हुनेछ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।