लोड हुँदैछ...

मेनु

उज्वेकिस्तानलाई हराउँदै कोलम्बिया आफ्नो समुहको शिर्ष स्थानमा

उज्वेकिस्तानलाई हराउँदै कोलम्बिया आफ्नो समुहको शिर्ष स्थानमा

काठमाडौं / फिफा विश्वकप २०२६ मा कोलम्बियाले विजयी सुरुआत गरेको छ ।

एसियाली राष्ट्र उज्वेकिस्तानलाई ३–१ ले हराउँदै कोलम्बियाले बिजयी सुरूवात गरेको हो । मेक्सिको सिटीमा कोलम्बियाको जितमा लुइस डिआज, डानियल मुनोज र जामिन्टन  काम्पाजले समान एक गोल गरेर नयाँ रेकर्ड कायम गराएका छन् ।

खेलको अग्रता कोलम्बियाले गरे पनि उज्वेकिस्तानको लागि अबोस्बेक फायजुलाइभले मात्रै एक गोल फर्काउन सफल भए, जसका कारण २२ वर्षीय खेलाडी ६१औं मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई बराबरीमा ल्याएका थिए ।

तर, त्यसपछि निरन्तर दबाब बनाएको कोलम्बियाले २ गोल थप्दै समुह ‘के’ शिर्षस्थानमा रहदैँ  तीन अंक जोड्यो । अबोस्बेक उज्वेकिस्तानबाट विश्वकपमा गोल गर्ने पहिलो खेलाडी समेत बने ।

कोलम्बिया ३ अंक जोडदा पोर्चुगल र कंगोको समान १–१ रहेको छ भने उज्वेकिस्तान हारसँगै ० अंकमा सिमित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।