लोड हुँदैछ...

मेनु

महाधिवेसन अघिको रास्वपाको अन्तिम केन्द्रिय समिति बैठक बस्दै

महाधिवेसन अघिको रास्वपाको अन्तिम केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यस कार्याकालको अन्तिम केन्द्रीय समितिको बैठक बस्दैँछ । भोली देखी सुरू हुने महाधिवेसनको अघिल्लो दिन यस कार्यकालको अन्तिम केन्द्रिय समिति बैठक महाधिवेसनस्थल चितवनमा बस्नेछ ।

आजको बैठकमा गत बिहीबार केन्द्रीय सचिवालयले तय गरेका प्रस्तावलाई केन्द्रीय कमिटीले पारित गर्ने लगायतका एजेन्डाहरू पारित गर्ने अजेन्डा रहेका छन् ।  गत बिहीबारको बसेको सचिवालय रास्वपाको १९ पदाधिकारी मध्ये अधिक पदमा सभापतिले मनोनयन गर्ने तय गरिसके पनि बाँकी पदाधिकारी, सचिवालय र केन्द्रिय समिति पनि सहमतिको आधारमा गर्ने प्रयास गरिएको बुझिएको छ । सहमति हुन नसकेको खण्डमा मात्रै निर्वाचन प्रकियामा जाने रास्वपाका शिर्ष नेताको सोच रहेको बुझिएको छ ।

पार्टी स्थापनाको दिवसको अवसर पारेर रास्वपाले ७–९ मा चितवनमा प्रथम महाधिवेशन गर्न लागेको हो । यसका लागि सम्पूर्ण नेता एवं पदाधिकारीहरू चितवन जाने क्रम जारी रहेको छ । रास्वपाका महाधिवेसनमा लगभग २५ सय प्रतिनिधि रहने छन भने कम्तिमा ४ करोड खर्च हुने अनुमान गरिएको महामन्त्री कबिन्द्र बु्र्लाकोटीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।