लोड हुँदैछ...

मेनु

निर्माणाधीन प्रशासनिक भवनको काम अन्तिम चरणमा

निर्माणाधीन प्रशासनिक भवनको काम अन्तिम चरणमा

पथरी / पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पथरी शनिश्चरे वडा नं. १० मा निर्माण भइरहेको पाँचतले प्रशासनिक भवनमा हाल प्लास्टरिङ, पुटिङ तथा टायल्स बिछ्याउने काम तीव्र रूपमा भइरहेको छ । निर्माण प्रगतिबारे जानकारी लिन आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, इन्जिनियरद्व हसरत अली नेपाल, सन्तोष केसी लगायतको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा निर्माण कार्यको गुणस्तर, प्रगति र समयसीमाबारे समीक्षा गरिएको थियो । नगरपालिकाले भवन निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ ।

निर्माणाधीन प्रशासनिक भवन ९ हजार २ सय ५२ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री तथा बालबालिकामैत्री सुविधा सहित निर्माण भइरहेको उक्त भवन सञ्चालनमा आएपछि नगरवासीलाई थप सहज र व्यवस्थित सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।