काठमाडौं / पहिलो पटक फिफा विश्वकप खेलिरहेको केप भर्डेले लगातार दोस्रो खेलमा पनि बराबरी गरेको छ ।

सोमबार बिहान अमेरिकाको फ्लोरिडास्थित मियामी फुटबल रंगशालामा सम्पन्न खेलमा केप भर्डेले उरुग्वेलाई २–२ को बराबरीमा रोकेर दुनियाँलाई चकित बनाएको हो ।
पहिलो खेलमा केप भर्डेले विश्वकपको दावेदार स्पनेलाई गोल रहित बराबरीमा रोके पछि पहिलो पटक विश्वकप जितेको अर्को दक्षिण अमेरकी राष्ट्र उरूग्वेलाई पनि बराबरीमा रोकेको हो ।
दुवै टोलीले आफुले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेका हुन । अचम्म त के भने पहिलो पटक विश्वकपमा भाग लिएको केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए । त्यसपछि ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पुर्याएका थिए तर ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरको तालमेल नमिल्दा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काउन सफल भएका थिए ।
अन्ततः दुवैतर्फवाट गोल हुन नसक्दा खेल बराबरीमा रोकियो ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।