लोड हुँदैछ...

मेनु

परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ

परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ

विराटनगर / मोरङ प्रहरीले विराटनगरस्थित परोपकार घाटमा अश्लील तथा अमर्यादित गतिविधि गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार ९ गते राति करिब १२:३० बजे विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा दाहसंस्कार गर्ने सार्वजनिक स्थलमा केही व्यक्तिहरू भेला भई होहल्ला तथा अश्लील हर्कत गरिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो।

प्रहरीले घटनास्थलबाट विराटनगर–६ का ४४ वर्षीय शम्भु मण्डल, रामधुनी नगरपालिका–६ सुनसरीका २५ वर्षीय कैलाश डुङ्गाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का २८ वर्षीय मानिष काफ्ले तथा विराटनगर–४ का ४४ वर्षीय छविलाल घिमिरेलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।