लोड हुँदैछ...

मेनु

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

भक्तपुर / आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै आमा ४० वर्षीया मेघिया चौधरीको हत्या गरेको अभियोगमा एक ब्यक्ति पक्राउ परेका हुन ।

तस्विर : सांकेतिक

सुर्यविनायक नगरपालिका–९ भातेढिकुर चोक बस्ने उदयपुर कटारी नगरपालिका–५ घर भएका २४ वर्षीय किरण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

किरणले कुटपिट गर्दा मेघिया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । गम्भीर घाइते भएकी मेघियाको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।