लोड हुँदैछ...

मेनु

पथरीशनिश्चरेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

पथरीशनिश्चरेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

मोरङ / मोरङको पथरीशनिश्चरे १० मंगलबारेस्थित एक घरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पथरीशनिश्चरे–१० निवासी ३३ वर्षीय मोतिराज राईको घरमा छापा मारेको थियो। तलासीका क्रममा कोठाबाट १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट घरधनी मोतिराज राईसँगै रङ्गेली नगरपालिका–६ निवासी ३३ वर्षीय मिथुन शाहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।