काठमाडौ / फिफा विश्वकप २०२६ को अन्तिम–३२ चरणमा डिआर कङ्गोलाई २–१ ले हराउँदै इंगल्याण्ड अन्तिम १६ मा सुरक्षित भएको छ । कप्तान ह्यारी केनले अन्तिम १५ मिनेटमा गरेको २ गोलको मद्दतमा इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।
अटलान्टा स्टेडियममा बुधबार राति भएको खेलमा डिआर कङ्गोले ७ औं मिनेटमा नै अग्रता लिएको थियो । कंगोको ब्रायन सिपेङ्गाले गोल गर्दै इंग्ल्यान्डलाई दबाबमा पहिलो हाफ र दोस्रो हाफको अन्तिम १५ मिनेटसम्म दबाबमा राखेको थियो । पहिलो हाफभरि इंग्ल्यान्डले खेलमा पकड बनाए पनि गोल गर्न नसके पछि उसको अन्तिम १६ को यात्रा अनिश्चित झै भयो । डिआर कङ्गोका गोलरक्षक लियोनाल एम्पासीले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाइरहन सफल भए ।
तर, दोस्रो हाफको ७५औं मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको क्रसमा उत्कृष्ट हेडरमार्फत केनले बराबरी गोल गरे र त्यसपछि निर्धारित समय सकिन ४ मिनेट बाँकी रहँदा फेरि अर्को गोल गरे, जुन जीतका लागि निर्णायक भयो । विश्वकपमा उनको यो पाँचौं गोल हो। अब इंग्ल्यान्डले क्वार्टरफाइनल प्रवेशका लागि सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। यता, उत्कृष्ट प्रदर्शन गरे पनि डिआर कङ्गो अन्तिम समयमा विश्वकपबाट बाहिरिएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।