लोड हुँदैछ...

मेनु

७५ प्रतिशत अनुदानमा प्रयास लघुउद्यमि समूहलाई ८ वटा खाद्य प्रशोधन तथा बेकरी मेसिन हस्तान्तरण

७५ प्रतिशत अनुदानमा प्रयास लघुउद्यमि समूहलाई ८ वटा खाद्य प्रशोधन तथा बेकरी मेसिन हस्तान्तरण

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा वडा नं. १० स्थित प्रयास लघुउद्यमि समूहलाई खाद्य प्रशोधन तथा बेकरीसम्बन्धी ८ वटा मेसिन हस्तान्तरण गरेको छ।

नगरपालिकाको उद्यम प्रवर्द्धन तथा स्थानीय उत्पादनको व्यवसायीकरण गर्ने उद्देश्यअनुसार समूहलाई २ वटा प्याकेजिङ मेसिन, १ वटा डिहाइड्रेटर (खाद्य सुकाउने मेसिन), १ वटा पल्भराइजर (पिस्ने मेसिन) तथा ४ वटा बेकरीसम्बन्धी मेसिन उपलब्ध गराइएको हो।

नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले एक कार्यक्रमका बीच ती सामग्री समूहका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो। उहाँले प्रविधिको प्रयोगबाट लघुउद्यमीको उत्पादन क्षमता वृद्धि हुने, उत्पादनको गुणस्तर सुधार हुने र स्थानीय उद्यमलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

नगरपालिकाले यस्ता प्रविधिमैत्री कार्यक्रममार्फत स्थानीय उद्यमीलाई प्रोत्साहन गर्दै आयआर्जन, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।