लोड हुँदैछ...

मेनु

क्यानडा विश्वकपवाट बाहिरिने पहिलो आयोजक राष्ट्र

क्यानडा विश्वकपवाट बाहिरिने पहिलो आयोजक राष्ट्र

काठमाडौं / ह्युस्टनमा मोरक्कोसँग नराम्रोसँग पराजित भएपछि क्यानडा सन् २०२६ को विश्वकपबाट बाहिरिने पहिलो सह ण्आयोजक राष्ट्र बनेको छ।

तनावपूर्ण पहिलो हाफमा खासै प्रभाव पार्न नसकेको मोरक्कोले मध्यान्तर पछि भने जादु देखाउ सुरू गरयो, मध्यान्तर पछिको पाँचौं मिनेटमा अजेदिन ओनाहीको गोलमार्फत अग्रता लिन सफल भयो।क्यानडाको रक्षापंक्तिले रोक्न नसक्दा ओनाहीले डि एरियावाट  असरफ हाकिमीको ‘कट ब्याक’ पासलाई गोलमा परिणत गरेका हुन ।

गिरोनाका मिडफिल्डर ओनाहीले खेल सकिन ८ मिनेट बाँकी रहँदा ‘ब्रेक अवे’को अवसर सदुपयोग गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल गरे र टोलीको जित सुनिश्चित गरेका थिए । अन्ततः सहज देखिएको यस जितमा थप समयमा सुफियान राहिमीले गोलकिपर म्याक्सिम क्रेपोको खुट्टाको बीचबाट  बल छिराएर थप गोल गरेर अग्रता ४–० बनाए ।यो नतिजा क्यानडाका लागि निकै निराशाजनक रह्यो  ।

टेक्सासको मैदानमा उनीहरूले निकै बलियो सुरुवात गरेका थिए र खेलको सुरुवातमै अग्रता लिनुपर्ने थियो तर, मोरक्को अघि बढ्यो । अब उनीहरू सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको ऐतिहासिक उपलब्धि बराबरी गर्नबाट मात्र एक जित मात्र टाढा रहेका छन, उनीहरू अघिल्लो विश्वकपमा झै सेमीफाइनल पुग्न सक्छन भन्ने अनुमान अहिले नै गर्न सकिन्छ ।

क्यानडाले सुरुदेखि नै मोरक्कोमाथि लगातार दबाब सिर्जना गरेको थियो र खेलको पहिलो ११ मिनेटभित्रै जोनाथन डेभिड तथा तानी ओलुवासेयी दुवैलाई ‘वान(अन वान’ लकिपरसँग आमने सामनेको स्थितिमा रहे पनि मोरक्कोका गोलकिपर बोनोले गोल गर्नबाट रोकिदिएका थिए । अफ्रिकी टोलीको प्रदर्शन औसतभन्दा कमजोर रह्यो र लामो समयसम्म उनीहरू निराश देखिएका थिए । यस क्रममा अंग्रेजी रेफ्री माइकल ओलिभरले सातवटा पहेँलो कार्ड देखाए।

यससँगै क्यानडाको पुरुष विश्वकपको सबैभन्दा सफल यात्रा टुंगिएको छ, एउटा यस्तो प्रतियोगिता जसमा उनीहरूले पहिलो अंक, पहिलो जित, समूह चरण पार गर्ने सफलता र नकआउट चरणको जित हासिल गरेका थिए तर अन्तिम १६ को खेलमा मोरोक्कोसामु टिक्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।