लोड हुँदैछ...

मेनु

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

विराटनगर / नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । यो सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले आवश्यक पर्दा विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने आधार तयार भएको छ ।

दुवै संस्थाबीच सम्पन्न सम्झौताले राष्ट्रको सुरक्षामा दिनरात खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास लिइएको छ । सेवाका क्रममा स्वास्थ्य समस्या आइपर्दा समयमै उपचार उपलब्ध गराउने र आवश्यक स्वास्थ्य सुविधामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइएको अस्पतालले जनाएको छ । सम्झौतापछि नोबेल मेडिकल र कोशी प्रदेश प्रहरी कार्यालयबीच उपचार सेवामा मात्र नभई स्वास्थ्य सचेतना, निवारणमुखी कार्यक्रम तथा अन्य जनस्वास्थ्यसम्बन्धी गतिविधिमा समेत सहकार्य गर्ने बाटो खुलेको छ । यसले दुवै संस्थाबीचको विश्वास, समन्वय र साझेदारीलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

पूर्वी नेपालको स्वास्थ्य सेवामा अग्रणी संस्थाका रूपमा परिचित नोबेल मेडिकल कलेजले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा बिरामीमैत्री सेवामार्फत हजारौं बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यका साथ अस्पतालले सरकारी तथा गैरसरकारी संस्थासँग निरन्तर सहकार्य विस्तार गर्दै आएको छ ।

नेपाली कांग्रेसका लोकप्रिय नेता सुनील शर्माको नेतृत्वमा सञ्चालित नोबेल मेडिकलले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गम्भीर बिरामीको निःशुल्क उपचार, विपन्न नागरिकलाई स्वास्थ्य सहयोग, घाइतेको उपचारमा सक्रिय सहभागिता, एम्बुलेन्स हस्तान्तरण तथा विभिन्न मानवीय अभियानमार्फत अस्पतालले समाजप्रतिको दायित्व निर्वाह गर्दै आएको छ । शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र जनप्रतिनिधि हुन् ।

स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यताका साथ उनले सञ्चालन गर्दै आएको नोबेल मेडिकलले उपचारसँगै मानवीय सेवाको संस्कृतिलाई पनि निरन्तर अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।