मोरङ / मोरङको पथरीशनिश्चरेमा कार्तिक २७ गते देखि ‘सुशिला कन्दङ्वा मेमेरियल थर्ड पथरीशनिश्चरे चेस च्याम्पियनसिप
—२०८३’ हुने भएको छ । पथरीशनिश्चरे बुद्धिचाल संघको आयोजनामाहुने प्रतियोगिताको पथरीमा स्थापित एभरेष्ट बोर्डिङ स्कुल टाइटल स्पन्सर रहेने आयोजकले जनाएको छ ।
कार्तिक २७ देखि मंसिर २ गतेसम्म एभरेष्ट बोर्डिङ स्कुलमा हुने प्रतियोगितामा नगरपालिका भित्र रहेका सरकारी तथा निजी विद्यालयहरु सहभागीहुने पथरीशनिश्चरे बुद्धिचाल संघका संस्थापक अध्यक्ष डम्बर राईले बताउनुभयो । विद्यालयको तीन खेलाडी सहभागी गराई समूहमा हुने प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमस १० हजार, ५ हजार, ३ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी महिला च्याम्पियन लगायत ५ जना, जुनियर च्याप्मियनसहित ५ जनालाई १ देखि ५ हजारसम्म नगद गरेर जम्मा १३ वटा पुरस्कार राखिएको छ । स्वर्गीय सुशिला कन्दङ्वा एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक स्वर्गीय चन्द्रमान कन्दङ्वाको धर्मपत्नि तथा वर्तमान सञ्चालक निर्देशक रविन कन्दङ्वा र दिनेश कन्दङ्वाको आमा हुन ।
एभरेष्ट स्कुलले बुद्धिचाल खेल र खेलाडी विकासको लागि विद्यालयकी संस्थापक सदस्य सुशिला कन्दङ्वाको स्मृतिमा प्रतियोगिताको टाइटल स्पन्सर गर्दै आएको छ । यस अघिको दुई वटा प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल लगातार च्याम्पियनहुँदै आएको छ । खेल टिम लिग सिस्टममा स्वीस लिग नियम अनुसार ९ राउण्डमा विद्यालय, विद्यालयबिच प्रतिष्पर्धाहुने आरबिटर डम्बर राईले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।