लोड हुँदैछ...

मेनु

३७ वर्षको राजनीतिक यात्रापछि प्रदेश सभापतिको दौडमा भुपालराज कटुवाल

३७ वर्षको राजनीतिक यात्रापछि प्रदेश सभापतिको दौडमा भुपालराज कटुवाल

झापा / नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ प्रदेश (क) को प्रदेश सभापतिका लागि भुपालराज कटुवालले उम्मेदवारी प्रस्तुत गरेका छन् । २०४६ सालदेखि पार्टी राजनीतिमा सक्रिय कटुवालले लामो राजनीतिक अनुभवलाई संगठन सुदृढीकरण, सहकार्य र सामाजिक सेवासँग जोड्दै आएको बताएका छन् ।

कटुवालले पार्टीका विभिन्न जिम्मेवारीसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी नेपाल पेट्रोलियम डिलर एसोसिएसनका केन्द्रीय सदस्य, न्यु पब्लिक कृषि सहकारी संस्था, लायन्स क्लब अफ गौरादह तथा विषहरी शिवालय मन्दिरलगायत संस्थामा विभिन्न जिम्मेवारीमा रहेका छन् ।

पार्टीभित्र आफूभन्दा कनिष्ठ पुस्तालाई समेत अवसर दिँदै आएका कटुवालले विगतमा आफू वरिष्ठ हुँदाहुँदै सहकर्मीलाई नेतृत्वमा अघि बढाउन भूमिका खेलेका थिए । उनका समर्थकहरू उक्त घटनालाई व्यक्तिगत पदभन्दा संगठन र सहकार्यलाई प्राथमिकता दिने उनको राजनीतिक शैलीका रूपमा व्याख्या गर्छन् ।

यसपटक भने कटुवाल स्वयं प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । लामो राजनीतिक अनुभव र संगठनभित्रको सम्बन्धलाई आधार बनाउँदै उनले प्रदेश (क) मा कांग्रेसको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने लक्ष्य अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।